• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानी गायक यज्ञ विकको आवाजमा “किन माया बस्थ्योर करले” सार्वजनिक (भिडियो सहित)


लेकाली अनलाइन
जेठ १७, सल्यान ।
सल्यानी लोक दोहोरी गायक यज्ञ विकको आवाजमा अर्काे लोकदोहोरी गीत सार्वजनिक भएको छ । केहि दिन अघि मात्रै “पाकेको अ‍ैसेलु मिठो” बोलको गीतमा आवाज दिएका गायक यज्ञ विकले फेरी अर्काे “किन माया बस्थ्योर करले” बोलको गीतमा आवाज दिएका छन् ।

दिपिका पौडेलको उक्त गीतमा यज्ञ र उनै गायीक दिपिका पौडेलको आवाज रहेको छ । गीतको लय तथा सब्द शिव हमालले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा चर्चित गायक रामजी खाँण र चित्र पुनको अभिनय रहेको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोको छायंकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

आशिष म्युजिक प्रा.ली.को प्रस्तुतीमा म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको दृश्य निर्माण एकता फिल्म्स प्रालीले गरेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार