• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

नेपाली काँग्रेसका प्रवक्ता विस्वप्रकाश शर्मा सल्यान आउदै


लेकाली अनलाइन
जेठ १७, सल्यान ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पार्टी प्रवक्ता विस्वप्रकाश शर्मा सल्यान आउने भएका छन् ।

नेपाल शिक्षक संघ जिल्ला कार्य समिती सल्यानको आयोजनामा सल्यान सदरमुकाम खलंगामा हुने नेपाल शिक्षक संघको प्रतिनिधि सभालार्इ सम्बोधन गर्न नेता शर्मा सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद बद्री पाण्डे र नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र राज पौडेल यही जेठ १९ गते सल्यान आउने भएका हुन् ।

संघका जिल्ला अध्यक्ष एकराज बुढाथोकीले खलंगामा हुने कार्यक्रममा उपस्थिती भइदिन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार