• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा जेठ १८ र १९ गते सास्कृतिक कार्यक्रम हुने, यी कलाकारहरु आउदै !


पूर्ण के.सी. मुस्कान
जेठ १७ , दाङ ।
दाङ तुलसीपुरमा कृयासिल सञ्चारकर्मीहरु मिलेर दोभान सास्कृतिक कला पुञ्ज तुलसीपुरको आयोजनामा यहि जेठ १८ र १९ गते बृहत सास्कृतिक कार्यक्रम तुलसीपुरकोे अरनिको मैदानमा सन्चालन हुने भएको छ ।

अनाथ बालबालीकाको सहयोगार्थ कार्यक्रम गर्न लागेको सास्कृतिक कार्यक्रमका संयोजक तेज वलीले जानकारी दिए । युवाले समाजको लागी केहि गर्नुपर्छ र सास्कृतिक कार्यक्रम मार्फत अनाथ बालबालीकालाई थोरै भएपनि सहयोग होस् भन्ने हेतुले आफुहरुले यस्तो कार्यक्रम गर्न लागेको व्यवस्थापक प्रमोद आचार्यले जानकारी दिए ।

कार्यक्रममा चर्चित गायक रामजि खाँड , मिस्टर आर.जे., आरके खत्री, शक्ती चन्द लगाएतका राष्ट्रिय एवम् स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक नवराज जि.एम.ले बताए । कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न आयोजकले सबैको सहयोगको अपेक्षा राखेको छ ।

भोली बाट सुरु हुने दुई दिने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । विहान ११ बजे बाट बेलुकी ७ बजे सम्म कार्यक्रममा रमाउन सकिने प्रचारप्रसार संयोजक पूर्ण के.सी. मुस्कानले जानकारी दिए।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार