• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

मजदुरीका लागि भारत पुगेका एक सल्यानीको लडेर मृत्यु


दुर्गा वि.सी.
जेठ १८, सल्यान ।

सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ घर भएका ३८ वर्षीय निमराज रोकाको मृत्यु भएको हो ।

२ दिन अघि भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न वाहिर गएको समयमा लडेर मृत्यु भएको जनाएको छ । ५ महिना अघि उनि कामको लागि भारत पुगेको वावु गमदल रोकाले वताए ।

मृर्तक निमराजका १ छोरी र २ छोरा रहेको जनाएको छ । सल्यानको पश्चिम क्षेत्रमा मजदुरीका लागि भारत जानेको संख्यामा उल्लेख्य वृद्धि छ । साथै विभिन्न कारणले मृत्यु हुनेको संख्यया पनि वढिरहेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १८ गते शुक्रवार