• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यान : बजार मुल्य उच्च भएकाले सुनाखरिको चोरि तथा निकासि सम्भावना पनि उच्च


शंकर के सी
सल्यान, १८ जेठ ।
सल्यान लगाएत छिमेकी जिल्लाको वन जंगलमा पाइने सुनाखरिको चोरि हुने सम्भावना उच्च पाइएको छ । बजार मुल्य उच्च भएका कारण यसको चोरि, निकासिको सम्भावना पनी त्यत्तिकै देखिएको हो ।

सुनाखरी प्राकृतिक अवस्थामा संकलन गर्न पाइदैन । तर जडिवुटी संकलकहरुले राम्रो आम्दानी हुने भए पछि जथाभावी वीउ नै मासिने गरि संकलन गरि निकासी गर्न थाले पछि धेरैजसो जंगली सुनाखरीहरु चोरी निकासी र संरक्षणको अभावमा संकटासन्न तथा केही लोपोन्मुख अवस्थामा समेत पुगेका छन् ।

विशिष्ट प्रकारको फुलको रुपमा रहेको सुनाखरि (अर्किड) संरक्षणमा सबैको पहल आवश्यक रहेको जिल्ला वनस्पति कार्यालय सल्यानका प्रमुख डम्बर बहादुर कार्किले जनाएका छन् । चोरिको सम्भावना बढि देखिएकाले यसलाइ रोक्न जनचेतना फैलाउनुपर्ने तथा सम्बन्धीत निकायबाट नियम कानुनमा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

कार्यालय प्रमुख कार्किका अनुसार सल्यान लगाएत रुकुम, रोल्पा, दाङ लगाएतका जिल्लाको वनजंगलमा सुनाखरि पाइन्छ । पछिल्लो समय विविध कारणले लोप हुँदै गएको तथा सुनाखरिका धेरै प्रजातीहरु आयुर्वेदिक औषधिमा प्रयोग हुने भएकाले स्वदेश तथा विदेशमा पनि यसको माग बढि देखिएकाले सुनाखरिको महत्व पनि धेरै रहेको कार्कीले बताए ।

वातावरण स्वच्छ, सुन्दर, रमणीय बनाउनुका साथै श्रुंगार, सरसजावट र खाद्य सामग्रीमा वासनाको रुपमा प्रयोग गरिने सुनाखरिको संरक्षणमा जिल्ला वनस्पति कार्यालय लागीपरेको उनले बताए । कार्यालयको मुलपानी वनस्पति उद्यानमा अहिले ३० भन्दा बढि प्रजातीको सुनाखरि संरक्षण गरेर राखिएको कार्यालय प्रमुख कार्किले जानकारि दिए ।

सुनाखरी संरक्षणमा विभिन्न चुनौतीहरु पनि थपिएको उनले बताएका छन् । पुराना जंगलहरुको विनाश फडानी, महत्व थाहै नपाई संरक्षणमा कम चासो र सुनाखरीमा अध्ययन तथा अनुसन्धानको कमीले सुनाखरी संरक्षणमा कठिनाई भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १८ गते शुक्रवार