जेठ १८, सल्यान ।
शसस्त्र द्वन्द्वका समयमा मारिएका तथा वेपत्ता पारिएकाहरुको सम्झनामा सल्यान सदरमुकाम खलंगामा निर्माण गरिएको शान्ति स्मारकको अनावरण गरिएकाे छ ।
खलंगा मखन टाकुरी सडक छेउमा निर्माण गरिएकाे शान्ति स्मारकको बिहीबार अनावरण गर्दै साँचो शारदा नगरपालिकालाई हस्तान्तरण समते गरिएको छ । शारदा नगरपालिकामा निर्माण गरिएको स्मारककाे संरक्षण अब साे नगरपालिकाले नै गर्ने भएकाे छ ।
दश बर्षे सशस्त्र द्धन्दको समयमा राज्य र बिद्रोही दुबै पक्ष बाट मारिएका र वेपत्ता पारिएकाहरुको सम्झनामा शान्ति स्मारक निर्माण गरिएको हरप्लेस सल्यानका कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले जानकारी दिए ।
स्मारकमा जिल्लामा द्धन्दका समयमा मारिएका र ब्यपत्ता पारिएका ब्यक्तिहरुको बिबरण उल्लेख गरिएको छ । सल्यान जिल्लामा ३ सय १० जना जनाले ज्यान गुमाएका थिए भने ३९ जना अझै वेपत्ता रहेका छन् ।
संक्रमणकालिन न्याय र शान्ति प्रर्बद्धनका लागी स्थानिय क्षमता बिकास परियोजना अन्र्तगत हरप्लेसको ४ लाख, सल्यान क्षेत्र नम्बर २ का सांसद प्रकाश ज्वालाको संसद बिकास कोषको १ लाख र शारदा नगरपालिका २ नम्बर वडा कार्यालयको १ लाख गरी जम्मा कुल ६ लाख ४६ हजारको लागतमा शान्ति स्मारक निर्माण गरिएको हो ।
कार्यक्रममा कर्णाली अार्थिक मालिला तथा याेजना मन्त्री प्रकाश ज्वालाकाे उपस्थिती समेत रहेकाे थियाे ।