• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

साँस्कृतिक कार्यक्रमले दाङ तुलसीपुर तातिदै


पूर्ण के.सी. (मुस्कान)
जेठ १८, दाङ ।
दोभान सास्कृतिक कला पुञ्ज तुलसीपुरको आयोजनामा अनाथ बालबालीका सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम आज एक कार्यक्रमका बीच तुलसीपुरको अरनिको मैदानमा उदघाटन गरिएको छ ।
सास्कृतिक कार्यक्रमका सँयोजक तेज वलीको सभापतित्व एबम तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका देबराज बिस्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा चर्चित गायक शक्ति चन्द , रोशन सिङ , लगाएत स्थिानिय कलाकारहरुले सैयौको सँख्यामा उपस्थित दर्सकका बीच आ अपनो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको सहजिकरण सास्कृतिक कार्यक्रमका ब्यबस्थापक प्रमोद आचार्य र चिर्चीत मोडल सोनिया रोकायाले गर्नु भएको थियो । कार्यक्रम भोलि बिहान १० बजे देखि सञ्चालण हुने र उक्त कार्यक्रममा चर्चित लोक दोहोरी गायक रामजी खान , मिस्टर आर्जे ,लगाएतका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १८ गते शुक्रवार