दुर्गा वि.सी.
जेठ १८, सल्यान ।
सल्यानमा गाडिको ठक्करबाट एक महिला गम्भीर घाईते भएकी छन् ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका १ अम्रा निवासि उमा वुढालाई गाडिको ठक्कर दिदा घाईते भएकी हुन् । शुक्रबार बेलुकी ५ वजेतिर सल्लीवजारबाट घर जाँदै गर्दा अम्रा नजिकै बाटोमा गाडिले ठक्कर दिएको र ठक्कर दिने साधान भने भागेर अत्तोपत्तो लागेको छैन् ।
अचेत अवस्थामा वुढालाई स्थानीयले फेला पारेका थिए । अहिले ठक्कर दिने गाडिको खोजि भैरहेको र घाईतेलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ ।