• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

बागचौर नगर साहित्य परिषद्को पाँचौ श्रृङखला- सरस्वती माविमा हास्यब्यङ्ग्य कविता


पुष्पा रिजन डि.सी.
जेठ १९, सल्यान ।

सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ पेदिखोलामा रहेको सरस्वती मा.वि.मा हास्यब्यङ्ग्य कविता लगाएतका रचना बाचन गरिएको छ ।

बगचौर नगर साहित्य परिषद्को नियमित मासिक एकल रचना वाचन कार्यक्रम अन्र्तगत शुक्रबार सो विद्यालयमा पाँचौ श्रृङखला प्रस्तुत गरिएको हो । उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहाकार, बागचौर नगर साहित्य परिषद्का सल्लाहाकार एवम् सल्यानी साहित्यकार केशव राज देवकोटाका एकल रचनाहरु वाचन भएका थिए । दिउँसो ३ः १५ देखि सुरु भएको रचना वाचन कार्यक्रम दिउँसो करिब ४ः ३० मा समापन भएको थियो ।

सो कार्यक्रमका श्रष्टा एवम् साहित्यकार केशव राज देवकोटाले तीन दर्जन भन्दा बढी हास्यब्याङ्ग्य कविता, गजल, हाइकु, गित एवम् हास्यब्याङ्ग्य मुक्तहरु प्रस्तुुत गरेर उपस्थित सबैलाई हसाएका थिए । उक्त कार्यक्रममा १३० जना भन्दा बढी विद्यार्थी, शिक्षक, शिक्षीका, बुद्धीजीवी, पत्रकार एवम् साहित्यक अनुरागीहरुको बाक्लो उपस्थीती रहेको थियो ।

नगर भित्र लुकेर रहेका अन्तरनिहित साहित्यलाई सबैको सामु पु¥याउने ध्ययले करिब चार महिना अगाडी मात्रै गठन गरिएको बागचौर नगर साहित्य परिषद्ले मासिक एकल रचना वाचन कार्यक्रमलाई निरन्तरता दिदै पाँचौ यो कार्यक्रम श्रृङखलासम्म आइपुगेको छ । यो एकल रचना वाचन कार्यक्रम एउटै ठाउँमा मात्र नगरी विभिन्न ठाउँमा लैजाने र सम्बन्धीत ठाउँका मान्छेहरुमा साहित्यमा रुची राख्ने एवम् साहित्य पनि दुःख, पिडामा परेकालाई केही समयको लागी भए पनि सन्तुष्टी दिलाउने एक अङ्ग रहेको परिषद्की सह–सचिव पुष्पा रिजन डिःसीले बताएकी छन् । उनले भनिन्– “उत्प्रेरणा पैदा गराउनालाई विभिन्न ठाउँ अनि फरक फरक श्रष्टाहरुको एकल रचना वाचन कार्यक्रलाई यसरी निरन्तरता दिदै आएको र आगामी दिनहरुमा पनि यसरी नै कटिवद्द रुपमा आफुहरु लागेर यस कार्यक्रमलाई नियमितता दिईरहने छौं ।”

नगर साहित्य परिषद्का अध्यक्ष इन्द्र भण्डारी (अंकित)को अध्यक्षतामा भएको एकल रचना वाचन कार्यक्रमको प्रमुख आतिथ्यता सरस्वती मा.वि. बा.न.पा. ४, पेदीखोलाका प्रधानध्यापक नवराज पुनको रहेको थियो । कार्यक्रमको सहजीकरण नगर परिषद्का सचिव तारा देव शर्मा (प्रर्दशन) ले गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ १९ गते शनिवार