इन्द्र ब. बुढाथाेकी
जेठ १९, सल्यान ।
सल्यानमा एक महिला ठक्कर दिएर अचेत अबस्थामा फालेर भागेकाे सवारी साधनलार्इ प्रहरीले पत्ता लगाएर नियन्त्रनमा लिएकाे छ ।
शुक्रबार बेलुकी ५ वजेतिर बन्गाड कुपिण्डे नगरपालीका १ अम्रा निवासि उमा वुढालाई सल्लीवजारबाट घर जाँदै गर्दा अम्रा नजिकै बाटोमा ठक्कर दिएर अचेत अबस्थामा फालेर सवारी साधन भागेकाे थियाे ।सनिबार प्रहरीकाे सफल अध्यानपछि साेहि गाउँपालिकाकाे ढोरपीपलमा लुकेको अवस्थामा भे ८ प २६२७ नम्बरको मोटरसाइकल चालकलार्इ पत्ता लगाएर पक्राउ गरेकाे अस्थाई ट्राफिक कार्यालय सल्लीबजारका जिवलाल भुसालले जानकारी दिएका छन् ।
पक्राउ पर्ने माेटरसाइकल चालक बन्गाढ कुपिण्डे नगरपालिका ३ ज्यामनेका अन्दाजी २४ वर्षीय तुल्सीकमल रावत रहेकाे प्रहरीले बताएकाे छ ।
अचेत अवस्थामा रहेकी उमा वुढालाई स्थानीयले फेला पारेका थिए । अहिले उनकाे होस आएको र नेपालगन्ज नर्सिङ अस्पतालमा उपचार भैरहेको छ ।
यस अघिकाे सम्बन्धित समाचार
http://www.lekalionline.com/archives/9442