अरुन अाेली
जेठ १९, राेल्पा ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकटकाे अखिल नेपाल शिक्षक संगठन राेल्पाकाे साताैं जिल्ला सम्मेलन सुकिदह गाउँपालिकाकाे घाेप्टेअाेडारमा रहेको सिद्धार्थ माविमा उद्घाटन गरिएकाे छ ।
सम्पुर्ण मुक्तीगामी शिक्षकहरु एक हाैँ भन्ने मुल नाराका साथ अाज उद्घाटन गरिएकाे सम्मेलनले शैक्षिक माफिया र दलालहरुलार्इ खाेजि खाेजि कारबाही गर्ने बताएकाे छ । अहिलेकाे शिक्षालार्इ शैक्षिक माफिया र दलालहरुले नै बिगारिहरेकाे भन्दै उनिहरुलार्इ खाेजि खाेजि कारबाही गर्ने सम्मेलनमा बाेल्ने अधिकांस शिक्षकहरुले बताएका छन् ।
अहिले पेसागत हक हितका लागि राज्य माैन रहेकाे भन्दै उनिहरुले अाफ्नाे हक अधिकारकाे लागी अाफ्नाे अावाज उठाउदै अाएकाे र त्याे पुरा नहुँदासम्म यसलार्इ जारि राखिहने बताएका छन् । उनिहरुले नेपालमा वैज्ञानिक शिक्षा हुनुपर्ने र अहिलेकाे राज्य सत्ताले शिक्षामा भएकाे समस्याहरु हल गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।
सम्मेलनकाे उद्घाटन नेकपाका केन्द्रिय सदस्य विजय केसीले गरेका हुन् । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अथिती केसीले अाधारभुत तहका सर्वहारा जनताकाे मुक्तीका लागी एकिकृरीत जनक्रान्तिमा लाम्बद्द भर्इ वैज्ञानिक समाजवादकाे दिसामा लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रमकाे सभाअध्यक्षता अखिल नेपाल शिक्षक संगठन राेल्पाका अध्यक्ष प्रेम बहादुर केसीकाे रहेकाे थियाे । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विजय केसी, संगठनका केन्द्रिय उपाअध्यक्ष गाेनाकर भट्टरार्इ, नेकपा जनसत्ताका लाल बहादुर अाेली (विश्व) लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
दामाेदर केसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन गाेपाल कुमार अाेलीले गरेका थिए । सम्मेलनकाे बन्दसत्र अाज राती नै सकिने शिक्षक प्रेम बहादुर अाेलीले जानकारी दिएका छन् ।
तस्बिर सिद्धार्थ मावि