• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

कर्णाली प्रदेशमा जारि दशौ राष्ट्रपती रनिङसिल्डमा अहिलेसम्म सल्यानकाे सानदार जित


लेकाली अनलाइन 
जेठ २०, सल्यान ।

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा जारि दशौ राष्ट्रपती रनिङसिल्डमा सल्यानले सानदार जित हाँसील गर्दै गएकाे छ ।

प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा जम्मा ५ अाेटा खेल मध्य अहिलेसम्म ३ अाेटा सम्पन्न भएका  छन् । सम्पन्न भएका खेलहरुमा सल्यानबाट गएका खेलाडीहरुले सानदार जित हाँसील गरेका छन् ।

अहिलेसम्म सम्पन्न भएका ३ अाेटा खेलमा सल्यानबाट छात्र लङ्गजम्प र त्रीपलजम्प मा छात्रा सटपुट तर्फ मनिषा बि‌.सी.ले  प्रथम स्थान हाँसील गरेकी छन् । त्यसैगरी छात्रा ज्याभलिङ्ग थ्रो मा शुनिता महतराले प्रथम स्थान प्राप्त गरेकाे  जिल्ला खेलकुद विकास समिती सल्यानका कार्यालय प्रमुख सिवराज अधिकारीले जानकारी दिएका छन् ।

छात्र सटपुट तर्फ कुलेन्द्र रावत द्वितीय भएका छन् भने छात्र २०० मि दौड तर्फ सुशील केसी द्वितीय भएका छन् । छात्र हाईजम्प तर्फ डिल्ली नेपाली तृतिय भएका छन् भने छात्रा तेक्वान्दो तर्फ शुष्मा खड्का तृतिय भएकी छन् ।

त्यसैगरी करातेमा छात्र तर्फ ४२ के जी तौल समुहमा लक्ष्मण ओलि द्वितीय भएका छन् भने ५२ केजी तौल समुहमा रबिकिरण कराला द्वितीय भएका छन् । त्यसैगरी छात्रा तर्फ ४० केजी तौल समुहमा मेनका डिसीले तृतिय स्थान प्राप्त गरेकाे कार्यालय प्रमुख अधिकारीले बताए ।

माथि उल्लेखीत स्थान प्राप्त गर्ने खेलाडीहरू सबै सल्यानका हुन् । अब छात्रा छात्र को भलिबल र छात्र छात्राको कवड्डीको अन्तिम खेल हुन बाकी छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २० गते आइतवार