मिना खड्का
जेठ २०, सल्यान।
सल्यानमा संचालन भएकाे ५ दिने आधारभूत पत्रकारिता तालिम अाजबाट समापन भएकाे छ ।
जेठ १६ गतेदेखि सदरमुकाम खलंगामा सुरु भएकाे तालिम अाज २० गते समापन गरिएकाे हाे । सूचना संचार तथा प्रविधि मन्त्रालय सूचना विभागको आयोजना, एकिकृत विकास समाज को सह आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको संयोजनमा तालिम सुरु भएको हो ।
जिल्लाका विभिन्न संचारमाध्यामहरूमा अावद्ध नयाँ पत्रकारहरूलार्इ तालिम दिइएकाे थियाे । तालिममा जिल्लाभरीबाट ३० जना सहभागी थिए ।
समापन कार्यक्रममा शारदा नगरपालिका प्रमुख शुरेस अधिकारी, सूचना संचार तथा प्रविधि मन्त्रालय सूचना विभागका शाखा अधिकृत सरस्वती महर्जन र नासु केदार नपिट, एकिकृत विकास समाज नेपालका Programm Officer दिपा शर्मा र प्रशिक्षक डा. वियज प्रसाद मिश्र लागाएतकाे उपस्तिथी रहेकाे थियाे ।
पाँच दिनसम्म संचालन भएकाे तालिममा संचार, अामसंचार र पत्रकारीताबारे अवगत, समाचारकाे विषय पहिचान सम्लग्ना गरी लेख्न सक्ने, अन्तरवार्ता लिन र लेख्न सक्ने, भित्ते पत्रिका तयार पर्न सक्ने लगाएतका विषयमा सिकाएकाे थियाे । समापन कार्यक्रमकाे सभा अध्यक्ष नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले गरेका थिए ।