• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

अखिल नेपाल शिक्षक संगठन राेल्पाकाे अध्यक्षमा प्रेम केसी चयन, शैक्षिक दलालहरुलार्इ खाेजि खाेजि कारबाही गर्ने !


जेठ २०, राेल्पा ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकटकाे अखिल नेपाल शिक्षक संगठन राेल्पाकाे साताैं जिल्ला सम्मेलन सकिएकाे छ ।

सुकिदह गाउँपालिकाकाे घाेप्टेअाेडारमा रहेको सिद्धार्थ माविमा भएकाे सम्मेलनले प्रेम केसीकाे अध्यक्षतामा १७ सदस्ययी जिल्ला कार्यसमिती चयन गरेकाे छ । जसकाे अपाध्यक्षतामा गाेपाल कुमार अाेली, दामाेदर केसी, साेभाराम बुढा रहेका छन् । सचिवमा भुप केसी, सहसचिव भुपेन्द्र प्रकाश अाेली र काेषाध्यक्ष अन्जली गुरुङ चयन भएका छन् ।

सम्मेलनकाे उद्घाटन सनिबार गरिएकाे थियाे ।   संगठनले राेल्पा जिल्लामा भएका शैक्षिक अनियमितताकाे सुधारका लागी संघर्ष गर्ने, शैक्षिक माफिया र दलालहरुलार्इ खाेजि खाेजि कारबाही गर्ने संगठनका केन्द्रिय सदस्य प्रेम बहादुर अाेलीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २० गते आइतवार