• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बाघकाे अाक्रमनबाट एक महिला गम्भीर घाइते


लेकाली अनलाइन
जेठ २१, सल्यान ।

सल्यानमा बाघको आक्रमण बाट एकजना महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाकाे शारदा नगरपालिका १२ डाँग्रीमा गएराती २ बजेतिर बाख्राको गोठ भित्र बाघ पसेपछि धपाउने क्रममा बाघले आक्रमण गर्दा ७० बर्षिया राधीका बोहरा गम्भीर घाईते भएकी हुन् । बाघकाे नङ्ग्राले उनकाे अनुसारमा धेरै धस्रेकाे छ भने हातमा पनि चाेट पुगेकाे  छ । घर नजिकै रहेकाे बाख्रेगाेठमा उनी बाघ धपाउन एक्लै गएकी थिइन् ।

गम्भीर घाईते बोहरालार्इ सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका हेल्थ असिस्टेन्ट मिलन विसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार