• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

जिर्ण भवनमा अध्ययन गर्दै सल्यानी बालबालिकाहरु


लेकाली अनलाइन
जेठ २१, सल्यान ।

सल्यानकाे बागचाैर नगरपालिका वडा नम्बर ५ शिवरथ  मा रहेकाे जनसेवा आधारभूत विद्यालयमा जिर्ण भवन भित्र बालबालिकाहरु अध्ययन गर्दै अार्इरहेका छन् ।

करिब ८० जना विद्यार्थीहरू रहेकाे उक्त विद्यालयमा कक्षा भित्र भौतिक संरचना राम्राे भएपनि भवन भने जिर्ण बनेकाे छ । २०५६ सालमा सन्चालन भई ५७ सालमा कक्षा १ को अनुमति लिएकाे जनसेवा आधारभूत विद्यालय अहिले ५ कक्षासम्म संचालनमा रहेकाे छ ।

तत्कालीन समय २०६० सालमा सामुदायिक वनको आम्दानी, स्थानीयहरुबाट चन्दा संकलन गरी करीब ४ लाख को लागतमा निर्माण गरिएकाे भवनले अहिलेसम्म धानेकाे छ । अहिले साे भवन जिर्ण हुँदा बेला बेलामा समस्या हुने गरेकाे विद्यालयका प्रधानध्यापक ईन्द्र बहादुर भण्डारीले लेकाली अनलाइनलार्इ बताए ।

त्यस्तै पछि विध्यार्थीकाे चाप बढेपछि तत्कालिन शिवरथ गाविस बाट १ लाख, जिल्ला शिक्षा कार्यालय सल्यानबाट मर्मत अनुदान स्वरूप १ लाख र जनश्रमदान गरि कुल ४ लाख ५० हजारमा कार्यालय सहितकाे अर्काे ४ काेठे  कच्ची भवन निर्माण गरिएकाे थियाे । जिर्ण भवन मर्मत तथा नयाँ भवनको लागि स्थानिय सरकारबाट अाफुहरूले अहिले केहि अास गरेकाे प्रअ भण्डारीले बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार