सल्यानमा वातावरण दिवस : वन जंगलबाट फाइदा लिन र हरियाली बनाउन जाेड (फाेटाे फिचर)


लेकाली अनलाइन
जेठ २२, सल्यान ।
अाज विश्व वातावरण दिवस सल्यानमा पनि विभिन्न कार्यक्रम गरि मनाइएकाे छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेअनुसार अाज सल्यानमा जिल्ला वन कार्यालय सल्यानकाे अायाेजनामा दिवस मनाइएकाे हाे । “प्लाष्टिक प्रदुषण निर्मुल पाराै ! सके पुन: प्रयाेग, नसके बहिष्कार गराै !!” भन्ने मुल नाराका साथ जिल्ला प्रसासन कार्यालय सल्यानकाे प्राङ्गणबाट सुरु भएकाे र्याली जिल्ला वन कार्यालयकाे प्राङ्गणमा गएर कार्यक्रममा परिनत भएकाे थियाे ।

वातावरण दिवसकाे र्याली

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले वातावरण जाेगाउन सबै लाग्नु पर्ने बताएका छन् । उनले हिजाेका दिनमा केहि अस्थव्यस्त भएपनि अब वातावरण जाेगाउन सबै स्थानीय तहका जनप्रतिनिधि लाग्नुपर्ने बताएका छन् । उनले भने- “हामिले केन्द्रिय तहसम्मकाे नसाेचेपनि जिल्ला स्थरकाे साेच्नुपर्छ । वातावरण स्वस्छ र वन जंगल हरियाली बनाउनु पर्छ ।”

बिरुवा राेप्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट

त्यस्तै कार्यक्रममा बाेल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले वातावरण जाेगाउन र वन जंगल हरियाली वनाउन अाफ्नाे नगरभित्र एक वडा हजार बाेटबिरुवा याेजना ल्याएकाे बताएका छन् । नगरभित्रका सबै वडाहरुमा एक एक हजारका दरले बाेटविरुवा राेप्ने र एउटा विरुवा जाेगाए बापत २० रुपैया दिने बताएका छन् ।

बिरुवा राेप्दै शारदा नगरप्रमुख सुरेश अधिकारी

कार्यक्रममा बाेल्दै अर्का अतिथी सहायक जिल्ला अधिकारी श्रीधर टन्डनले विकास निर्माण गर्दा वातावरण सम्बन्धि ख्याल गर्नुपर्ने बताएका छन् । उनले विकास निर्माण गर्ने राम्राे कुरा भएकाे तर त्यसले वातावरणमा कस्ताे खालकाे समस्या ल्याउछ त्यसलार्इ ख्याल गर्न जनप्रतिनिधिहरुलार्इ अाग्रह गरेका छन् ।

बिरुवा राेप्दै सहायक जिल्ला अधिकारी श्रीधर टण्डन

कार्यक्रमकाे समापन गर्दै जिल्ला वन अधिकृत अचल कुमार ढंगानाले वन मात्रै हरियाली बनाउन नहुने बताएका छन् । उनले बुढाे रुख वा बाङ्गाे र बाक्लाे रुखलार्इ काटेर त्यसबाट फाइदा लिनुपर्ने र नयाँ रुख राेप्नुपर्ने बताए ।

कार्यक्रममा बाेल्दै जिल्ला वन अधिकृत अचल कुमार ढंगाना

कार्यक्रमकाे स्वागत मन्तव्य सहायक वन अधिकृत मेघनाथ काफ्लेले राखेका थिए भने संचालन सेक्टर वन कार्यालय सल्यानकी रेन्जर अन्जना शर्माले गरेकी थिइन् ।

वातावरण दिवसकाे अवसरमा जिल्ला वन कार्यालय सल्यानकाे परिसरमा बिरुवा राेपिएकाे थियाे । त्यस्तै कार्यक्रमकै अवसरमा अग्नी नियन्त्रण सम्बन्धि विभिन्न सामाग्रीहरु जिल्ला वन कार्यालय सल्यानले नेपाली सेनाकाे भगवत गुल्म प्रसाद सिमखर्कलार्इ हस्तान्तर गरिएकाे थियाे ।

सामान हस्तान्तरण गरिदै

 

प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते मङ्गलवार