जेठ २३, हेटौँडा ।
मकवानपुरको बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेको वडाध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए। चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको हो। चट्याङ लागेर २२ वर्षीया विमला थिङ, दुई वर्षीया निष्मा भोलन, पाँच वर्षीय निमेष भोलन र छ वर्षीया रन्जु थिङ घाइते भएका छन्।
घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका हन्। घाइते परिवारको हुन्।