• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा अटो दुर्घटना, ४ जना घाइते


इन्द्र ब. बुढाथोकी
जेठ २३, सल्यान ।

सल्यानमा अटो रिक्सा पल्टिँदा ४ जना घाइते भएका छन् ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको बन्गाढ कुपिन्डे नगरपालिका वडा नम्बर १ को आपखोली मोडमा आज विहान साढे ९ बजेतिर भएको दुर्घटनामा ४ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का २२ बर्षीय कमला परियार, उनका ११ महिनाका छोरा हेमन्त परियार, सोही वडाका २३ बर्षीय दिनेश परियार र वडा ६ का ३१ बर्षीय गौरी गन्धर्व रहेका छन् ।

नगरको वडा नम्बर ६ सुनौलीबजार बाट सल्लीबजार तर्फ हिडेको से १ त ३९१४ नम्बरको अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

घाइहरुलाई उपचारको लागि नेपालगन्ज लगिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सल्लीबजारका जिवलाल भुसालले जानकारी दिएका छन्। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार