मिना बुढाथोकी
जेठ २४, सल्यान ।
सल्यानमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
सल्यानको शारदा नगरपालिका –५, श्रीचौर भन्ने स्थानमा अन्दाजी ३४ वर्षका प्रहरी हवल्दार रमेश थापा बुधबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नारायण नगरपालिका –८, दैलेख घर भई अहिले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी हवल्दार थापा सल्यानमा ससुराली आएको बेला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक थापाको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम भएको सल्यानका प्रहरी प्रमुख भरतबहादुर विकले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।