• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

बालबिबाह गर्दा नै धेरैजसो महिला पछाडी पर्छन्


लेखक : मिना खड्का
जेठ २५, सल्यान ।
नेपालमा महिलाको अवस्थालाई नियालेर हेर्दा महिलाहरु पुरुषभन्दा धेरै पछाडि छन् भन्ने कुरा उनिहरुको शैक्षिक स्तर, राजनितिमा भएको सहभागिता, सरकारी क्षेत्र वा जुनसुकै क्षेत्रमा भएको सहभागिताबाट प्रष्ट हुन्छ । ग्रामिण क्षेत्रका महिलाहरु घरमै वस्तु भाउ हेर्ने, खेति किसान गर्ने, घरपरिवार र कृषि उत्पादन तिर व्यस्त नै हुन्छन् । आधा आकाश र आधा धर्ति ओगटेका महिलाको सहभागिता यस्तै काममा देखिन्छ । महिलाको वास्तवीक स्थितिलाई नियालेर हेर्ने हो भने महिलाहरु पुरुष भन्दा धेरै पछाडि छन्, र यसरी पछाडि पर्नुको कारण बालबिबाह पनि देखिएको छ ।

सानै उमेरमा गरेको बिबाहले पुरुषभन्दा बढि महिलामाथि असर पर्दछ । यसरी गरेको विवाहको कारण आमाबुवाको माया, ममता र मार्ग दर्शनबाट टाढा रहनुपर्ने हुन्छ । सानै उमेरमा टाढा रहनुपर्ने हुन्छ सानै उमेरमा घरायासी काममा अल्झिनु पर्ने हुनाले आफ्नो योग्यता र क्षमताले काम गर्न पाईदैन ।
पुरुषले त सानै उमेरमा बिवाह गरे पनि आफ्नो पढाईलाई निरन्तरता दिन सक्छ, तर महिलाले त निरन्तरता दिन सक्दिनन् । बाबु आमा अलि उद्धार छन् र धेरथोर आर्थिक बोझ उठाउना सक्ने अवस्थाका छन् भने माध्यामिक तहसम्मको अध्ययन गर्न पाउँछे । तर त्यस पछिको पढाईलाई निरन्तरता दिन सक्दिन् ।

महिलाले पढ्न चाहेमा कि त घरसँग बिद्रोह गर्नु पर्नु पर्छ, कि भने केटा पक्ष केटीलाई पढाउन राजी हुनु पर्छ । र विवाह भएर गईसकेकी छोरीलाई माईती तर्फका अथवा अभिभावकले पढाउन पनि बोझ ठान्न थाल्छन् । एउटी केटी विवाह गरेर माइती घर छोडेर गईसके पछि आफ्नो घर परिवारको स्थिती बुझ्ने र घर परिवारको समस्याको समाधान गर्न सक्ने हुनु पर्छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २५ गते शुक्रवार