लेकाली अनलाइन
जेठ २५, सल्यान ।
सल्यानमा असाय, अनाथ तथा अति बिपिन्न बालबालिकालाई शैक्षिक सामाग्रीहरु वितरण गरिएकाे छ ।
जिल्लाकाे शारदा नगरपालिका ११ हिवल्चामा रहेकाे महेन्द्र माध्यमिक विद्यालयका ५ जना विद्यार्थीहरुलार्इ शुक्रबार शैक्षिक सामाग्री वितरण गरिकाे हाे । हेल्पिङ्ग ह्यान्डस सल्यान द्वारा विद्यार्थीलार्इ दिइएका शैक्षिक सामाग्रीहरु शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी र सल्यान उद्याेग वानिज्य संघका वानिज्य उपाअध्यक्ष दिपक बाेहाेराले वितरण गरेका हुन् ।
शैक्षिक सामाग्री पाउनेहरुमा कक्षा १० मा पढ्ने सोमलता चलाउने, कक्षा ८ मा पढ्ने हिरा गिरि र रिता कवर, त्यसैगरी कक्षा ५ मा पढ्ने मान बहादुर कवर र रेजिना लामिछाने रहेका छन् ।
वितरण गरिएका सामाग्रीहरुमा कपि, कलम, झाेला, इलेजर र कटर रहेका छन् ।