• २०७७ मङ्सिर १८ गते बिहिवार
  • Preeti To Unicode

बागचाैर ईन्स्टिच्युमा प्राबिधिक शिक्षाको प्रशिक्षण


जेठ २५, सल्यान ।

सल्यान बागचौर नगरपालिकाकाे थारमारेमा रहेकाे बागचाैर ईन्स्टिच्यु प्रालिमा प्राबिधिक शिक्षा र ब्यबहारिक सिपको बारेमा प्रशिक्षण दिइएकाे छ ।

सुक्रबार हिलसाइड टेक्निकल कलेज तुलसिपुर दाङका फाउन्डर एक राज चन्द सहित टोलिले  विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै प्राबिधिक शिक्षाको बारेमा प्रशिक्षण दिएकाे हाे । विद्यार्थीहरुले आफ्नो चहाना अनुरुप प्राबिधिक शिक्षाको बारेमा प्रश्न सोध्ने गरेकाे र त्यसै अनुरुप चन्दले विद्यार्थीहरुलाई सबै विषयमा प्रष्ट पारेकाे प्रालिका संथापक शिव भण्डारी प्रसुनले जानकारी दिएका छन् ।

७० जनाले ईन्ट्रानस तयारी गरिरहेको बागचाैर ईन्स्टिच्युटमा शिक्षण सिकाई अनुसार करिब ९० प्रतिशत विद्यार्थीले ईन्ट्रान्समा नाम निकाल्न सक्ने सम्भावना भएको संथापक भण्डारीले जानकारी दिए । आफ्नै ठाउँमा ईन्ट्रान्स तयारि गर्न पाउँदा ज्यादै खुसी भएको विद्यार्थी अनिता ओलि र नबराज ओलिले प्रशिक्षक चन्दसँग बताए ।

सल्यान जिल्लाको शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन विभिन्न कोचिङ क्लास, ट्युसन क्लास चलाएर ज्ञानमुलक विभिन्न कार्यक्रमहरु स्थापना गर्ने संथापक भण्डारीले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २५ गते शुक्रवार