तिलकराज ओली
जेठ २५, सल्यान ।
बागचौर नगरपालिका वडा नम्बर १२ मा शुक्रबार देखी २ दिने वडास्तरिय खेलकुद कार्यक्रम सुरु गरिएको छ । हरेक वडामा दक्ष खेलाडी उत्पादन गर्ने नगरपालिकाको योजना अनुसार वडा स्तरियय आयोजना गरिएको हो ।
खेलकुदको उद्घघाटन गर्दै प्रमुख अतिथि बागचौर नगरपालिका नगर उपप्रमुख कल्पना पुनले खेलाडीले पनि समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिएकी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुखले भनिन्,“यस वडा स्तरिय खेलकुदले पक्कै पनि वडामा दक्ष खेलाडी निर्माण भई समाजमा भएका अन्याय अत्याचार बिरुद्ध खेलाडीले समेत रचनात्मक कार्यबाट समाज निर्माणमा सहयोग अबस्य पुग्नेछ र पुग्छ ।”
प्रमुख अतिथि पुनले अब यस्ता वडा स्तरिय खेलकुदले पक्कै पनि गाउँठाउँमा रहेका सिर्जनशिल युवा खेलाडी तयार गर्दै तिनलाई वडामा मात्र सिमित नराखी राष्ट्रिय रुपमा खेल खेल्न सक्ने खेलाडी पनि निर्माणमा आफुहरु लाग्ने र त्यसका लागि समग्र बागचौर नगरपालिका लागिपर्ने प्रष्ट पारिन । खेलकुद कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिँदै पुनले दक्ष खेलाडी निर्माणका लागि आवश्यक सहयोग गर्न नगरपालिकाले कुनै कन्जुस्याई नगर्ने समेत घोषणा गरेकी थिइन् ।
१२ नम्बर वडाका अध्यक्ष दिपक ओलीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा आज पहिलो दिन साविकका विभिन्न ५ वडाहरुविच भलिबल खेल सुरु भइरहेको छ । आजबाट सुरु भएको उक्त वडा स्तरिय खेलकुद विभिन्न ९ विधामा खेलाइने वडा स्तरिय खेलकुद समितिका सचिव विवेक केसीले जानकारी दिए ।