सल्यान, २५ जेठ ।
नेपाल शिक्षक महासंघ कपुरकोट गाउँपालिकाको कार्यालय उद्घाटन भएको छ । महासंघका पूर्व जिल्ला अध्यक्ष बामदेव अधिकारीले शुक्रबार कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन पश्चात बसेको महासंघको बैठकले कार्यालय व्यवस्थापनमा सहयोग गर्ने कपुरकोट गाउँपालिकालाइ विशेष धन्यवाद दिएको छ ।
शिक्षक महासंघ कपुरकोट गाउँपालिकाका अध्यक्ष श्याम कुमार केसीले गाउँपालिकाबाट कार्यालयलाइ आवश्यक पर्ने फर्निचर लगाएतका सहयोग गरेकाले बैठकबाट विशेष धन्यवाद दिइएको जानकारि दिए ।
कपुरकोट गाउँपालिकाले प्लाष्टिक कुर्सी २५ थान, स्टील कुर्सि, स्टील दराज र टेबुल एक एक थान र कुशन १० थान उपलव्ध गराएको महासंघका सचिव भुपाल साहुले जानकारि दिए । यस्तै बैठकले गाउँपालिकाभित्रका वालविकास कक्षाका सहजकर्ताहरुलाइ पोषाकको व्यवस्थ ागर्न पनि गाउँपालिका समक्ष माग गरेको छ ।