• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

अविरल बर्षाका कारण सल्यानको पश्चिम क्षेत्रमा सडक अवरुद्व


इद्र ब. बुढाथोकी
जेठ २६, सल्यान ।
अविरल वर्षाका कारण सल्यानको पश्चिम क्षेत्रमा सडक अवरुद्व भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको बामे र निगाल्चुला जाने सडक गएको जेठ १८ गतेदेखि अवरुद्व भएको हो । नगरपालिकाको वडा नम्बर २, ३, ४ र १२ का जनतालाई सडक अवरुद्ध हुदा समस्या भएको वडा नम्बर २ का वडा अध्यक्ष प्रतिमल बुढाले जानकारी दिएका छन् ।

अध्यक्ष बुढाका अनुसार सडक अवरुद्ध हुँदा दैनिकी उपभोग्य समान ओसारपसार लगाएत यात्रुहरुलाइ आवतजावतमा समस्या भएको छ । वर्षातले सडकमा खाल्डाखुल्डी परेका छन् । उक्त सडमा दुई वटा जिप सन्चालनमा आएका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ २६ गते शनिवार