• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

जिल्ला अस्पताल सल्यानमा विरामीहरुलाई फलफुल वितरण


लेकाली अनलाइन
जेठ २६, सल्यान ।
जिल्ला अस्पताल सल्यानमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

मेडिकल ल्याब्रोटरी एसोसिएसन अफ नेपालले आफ्नो १२ औ स्थापन दिबसको अबसर पारेर सनिबार अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ्य अबस्थाबारे जानकारी सहित फलफूल बितरण गरिएको हो ।
उक्त फलफुल वितरण कार्यक्रममा मेडिकल ल्याब्रोटरी सल्यानका अध्यक्ष गंगाराम डिसिले अस्पतालमा जुनसुकै बिरामीहरुलाई रगतको आवस्यक परेमा आफ्नो एसोसिएनलाई खबर गर्न जिल्ला अस्पताल सल्यानका इन्चार्ज अर्जुन बुढालाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २६ गते शनिवार