सल्यान २६, जेठ ।
सल्यानमा बाख्रा चराउन जंगल गएकी एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क निबासी १६ बर्षिय निर्मला वलीको बाख्रा चराउन जंगल गएको बेला भिर बाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनीबार दिउसो बाख्रा चराउन बनगाड कुपिण्डे नगरपालिकाको ९ जयतपानीको झ्याम्टा सल्ला भन्ने जंगलको भिर बाट लडेर मृत्यू भएको प्रहरीले भनाई छ ।
उनि त्रिभुवन जनता माध्यमिक बिध्यालय मार्के कक्षा १० मा अध्ययनरत थिइन ।