• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

रोल्पाको सिद्दार्थ माविमा शिक्षकहरुलाई आइसीटी तालिम दिइदै


केबी गुरुङ
जेठ २६, रोल्पा ।

गंगादेव गाउँपालिका अन्तर्गत सिद्दार्थ मावि घोप्टेओढारका शिक्षकहरुलाई कालिका मानवज्ञानका प्रशिक्षक सर्भेस बराईद्वारा एक महिने आइसीटी तालिम भैरहेको छ । यहि जेष्ठ २२ गते देखि कम्प्युटर बिषयक तालिम सुरु भएको बिद्यालयले जनाएको छ ।

स्थानीयहरू नमुना बिद्यालय अभियान बनाउन जुटिरहेको बेला शैक्षिक सुधार अन्तर्गत प्रविधि युक्त शिक्षा सुधारका लागि कालिका मानवज्ञान मावि बुटवलका प्रधानाध्यापक घनश्याम पाठक संग समन्वय गरि शिक्षण सिकाई तालिमको ब्यबस्थापन भएको अभियान संयोजक प्रेम बहादुर ओलीले जानकारी दिए ।

प्रविधि युक्त शिक्षण सिकाई तालिम एक महिना सम्म चल्ने बिद्यालयले बताएको छ । सिद्दार्थ माविका शिक्षकहरुलाई दिइने तालिम प्रत्यक दिन बिहान ६ बजे देखि ९ बजे सम्म र साँझ ४:३० बजे देखि ६:३० सम्म तालिम हुनेछ, त्यसैगरी सनिबार र सार्बजनिक छुट्टीको दिन पुरै दिन तालिम दिइने कालिका मानवज्ञान बुटवलका प्रशिक्षक सर्भेस बराईले पोष्टपाटीलाई बताए ।

उनले भने, दिनमा बिद्यालयका भाइबहिनीहरुको अध्यन अध्यापनलाइ कुनै बाधा नहुने गरि बिहान र साँझको समयलाई मात्र उपयोग गरि तालिम भैरहेको छ ।

तालिम उद्घाटनको दिन आइसिटीको परिचय र महत्व, आइसिटीमा प्रयोग हुने डिभाइस, कम्प्युटरको परिचय लगायतका बिषयमा तालिम दिएको थियो । तालिममा कम्प्युटरका आधारभूत ज्ञान अन्तर्गत, अफिस प्याकेज, कम्प्युटरमा प्रयोग हुने पार्ट पुर्जाहरुको जानकारी, इमेल इन्टरनेट, अडियो-भिडियो द्वारा अध्यन प्रबिधि बारे प्राबिधिक ज्ञान दिइनेछ ।

बालबालिकाहरुको अध्यन अध्यापनलाइ कसरि प्रभावकारी बनाउने भन्ने बिषयलाई मध्यनजर गर्दै शिक्षण सिकाईलाई प्रविधिको प्रयोग द्वारा शिक्षण विधि प्रभावकारी बनाउने तालिम समेत प्रदान गरिनेछ ।

बिशेषगरि आजका बालबालिकाहरुलाई युग सुहाउदो प्रविधियुक्त शिक्षा कसरि दिलाउन सकिन्छ भन्ने बारे सिक्ने सिकाउने कार्य भैरहेको र शिक्षक स्वयमले सिकेका ज्ञानहरु त्यस बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सिकाई विधिमा सहज बनाउन उक्त तालिमको महत्व रहेको समेत प्रशिक्षक सर्भेसले जानकारी दिएका छन् ।

तालिम संगै सहभागीहरुलाई सम्बन्धित बिषयमा परीक्षाको ब्यबस्था समेत गर्ने प्रशिक्षक सर्भेसले बताए ।

सिद्दार्थ माविका शिक्षकहरु बीच तालिम भैरहेको छ र नजिकका बिद्यालयबाट इक्छुक शिक्षकहरुलाई पनि तालिममा सहभागी हुने अबसर दिइएको अभियान संयोजकले बताए।

प्रकाशित मिति : २०७५ जेष्ठ २६ गते शनिवार