• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पहिलोपटक राष्ट्रिय स्तरको खेलकुद हुँदै, देशभरीबाट खेलाडीहरु सल्यान आए


लेकाली अनलाइन
जेठ २६, सल्यान ।
सल्यानमा पहिलोपटक राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको बागचौर नगरपालिकाको थारमारेमा आइतबार बाट हुन लागेको प्रथम मेयर कप राष्ट्रिय कराते प्रतियोगितामा सात ओटै प्रदेशका खेलाडीहरुको सहभागी हुने भएको हो । खेल बागचौर नगरपालिकाको आयोजनामा हुन लागेको हो ।

जेठ २७, २८ र २९ गते सम्म संचालन हुने प्रतियोगिताको उद्घघाटन २७ गते बिहान ११ बजे युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले गर्ने भएका छन् । उद्घघाटन समारोहमा स्थानीय लोक संस्कृति झल्किने झाकीहरु प्रस्तुत गरिने नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिएका छन् । ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभाहरु राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमामा उजागर गर्ने समेत वुढाथोकीले वताए ।

साथै आफ्नै ठाँउमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएकोमा नगरबासी तथा जिल्लाबासी उत्साहित बनेका छन् । कराते प्रतियोगीताको लागी सबै प्रदेशबाट खेलाडीहरु सल्यान आइसकेको कार्यक्रमका सदस्य सचीव चित्र बहादुर राणाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २६ गते शनिवार