• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

गएराति सल्यानमा ४० अाेटा घरमा बाढी पसेर कराेडाैँकाे क्षेती, निमार्णधिन २ अाेटा पुल बगायाे


दुर्गा वि.सी.
जेठ २७, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीबजारमा बाढि पसेको छ । गएराती ३ वजे वजारमा खोलो पस्दा स्थानीय व्यापारिको करडौंका सरसमान डुवेको छ ।

सल्लीवजारको गैरीवजारमा ४० घरमा वाढि पसेको छ भने माथिल्लो वजारमा पनि अधिकांस व्यापारिको गोदाम र पसलमा पानी पसेको छ । माथिल्लो बजारमा खहरेखोलाले शितली वि.क.को घर बगाएको छ ।

मानवीय क्षेती नभए पनि स्थानीयको घरमा पानी पस्दा घरका सम्पुर्ण माल सामानमा क्षेती पुगेको छ । समान्य किराना पसल थोक तथा फुटकर पसलहरुमा पुर्ण रुपमा ठुलो क्षेती पुगेको प्रहरीको भनाई रहेको छ ।

खगेश्वर शर्माको पसल, दाङाली फोटो स्टुडियो, मनि फर्निचर, वेम्बो कटेज, पुर्णिमा होटल र बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगाएत ३ दर्जन पसलहरुको सम्पुर्ण समान केहि वगेको छ भने केहि समान भिजेको छ ।

छिन्चु जाजरकोट सडक खण्डको निमार्णधिन पक्ककी पुलको ढलानको सम्पुर्ण तयारी अवस्थामा रहेको पुल वगाएको छ । त्यसै गरि रुकुम चौहरजारी सडक खण्डेको त्रिवेणिवजारमा निमार्णधिन पुललाई समेत बन्गाड खोलामा आएको वाढिले क्षेती गरेको छ । छिन्चु जाजरकोट सडक खण्ड र रुकुम चौहरजारी सडक खण्डलाई अविरल परेको वर्षाले क्षेती पुर्याएको छ ।

ठेकेदारको लापरवाहिले समयमा काम नहुदाँ बन्गाड खोलाका निमार्णधिन दुवै पुलको सेटिङ समान वगाएको छ । पुलकै कारण वजारमा ३ पटक खोला पसेको छ । पटक पटक वजारमा खोला पस्दा समेत कसैले क्षेतीपुर्ति नदिएको स्थानीय व्यापारिको दुखेसो छ । सवै भन्दा ठुलो क्षेती गैलीवजारमा भएको छ ।

गैलिवजारका अधिकांस व्यापारिहरुलाई यो सहित ३ पटक खोला पसेको छ ।इप्रका सल्लीवजारले क्षेतीको लागत संकल गरिरहेको छ भने अधिकांस गैलीवजार वासि विस्थापित भएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार