• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यान आएर सांसद टेक बहादुरले भने- “अब हामी नाच्ने मात्रै हैन, काम गरेर देखाउने हो”


लेकाली अनलाइन
जेठ २७, सल्यान ।
सल्यान संघिय सभाका सांसद टेक बहादुर बस्नेतले पुर्व एमाले र माओवादी जस्तै पार्टी भएर अघि बढेमा जनताले दुख पाउने बताएका छन् ।

सल्यानको थारमारेमा आइतबारबाट भएको प्रथम राष्ट्रिय कराते प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले पुर्व एमाले र माओवादी जस्तो पार्टी नभएर अब नव गठित नेपाल कम्युनिस्ट पार्टी नयाँ ढंगबाट अगाडी बढ्ने बताएका छन् । उनले पहिलेकै ढंगले काम गरे जनताले दुख पाउने भन्दै अब नयाँ ढंगले काम गरे जनताको चाहना पुरा हुने र जनता सुखी हुने बताए ।

बस्नेतले आफुहरु ठुलो पार्टी भयो भनेर घमण्ड नगर्ने बताएका छन् । उनले भने “अब हामि ठुलो पार्टी भयो भनेर मख्ख पर्ने हैन् बरु बरु जनताको मन जित्ने हो, अब हामी नाच्ने मात्रै हैन काम काम गरेर देखाउने हो, खेतमा धान रोपे मात्रै फल्छ त्यसैले धान रोपेर फलाउने हो ।”

बस्नेतले श्रमजिवी वर्गको हक हितमा काम नगरे देश डामाडोल तिर जाने भन्दै श्रमजिवीको पक्षमा काम गर्ने बताएका छन् । उनले गाउँ गाउँमा साच्चिकै सिंहदरबार आएको भन्दै सिंह सबैको प्यारो हुनुपर्ने बताएका छन् । आफुले जनताको पक्षमा काम नगरेमा खबरदारी गर्न उनले आग्रह गरेका छन् ।

यो पनि

सल्यानमा राष्ट्रिय स्तरको कराते प्रतियोगिता, पहिलो दिन महिला-पुरुष दुवैमा प्रदेश नम्बर ३ प्रथम

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार