• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा राष्ट्रिय स्तरको कराते प्रतियोगिता सुरु, पहिलो दिन प्रदेश नम्बर ३ प्रथम भयो


लेकाली अनलाइन
जेठ २७, सल्यान ।
सल्यानमा आइतबारबाट पहिलो पटक राष्ट्रिय स्तरको कराते प्रतियोगिता शुरु भएको छ । बागचौर नगरपालिकाको सहयोगमा भएको मेयर कप कराते प्रतियोगीताको उद्घाटन संघिय प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले गरेका छन ।

आइतबार पहिलो दिन भएको खेल अन्तरगत महिला एकल कातेमा प्रदेश नम्बर ३ की एन्जिला धिमाल प्रथम भएकी छन् । त्यस्तै दितृय आयोजक टिम कर्णली प्रदेशकी पृति चौधरी, तृतिय प्रदेश नम्बर १ की पासाङ लामु शेर्पा र ५ नम्बर प्रदेशकी सिमाना विक रहेकी छन् ।

त्यसैगरी आजै भएको पुरुष एकल करातेमा ३ नम्बर प्रदेशका अन्जन थापा मगर प्रथम भएका छन् । दितृय ७ नम्बर प्रदेशका जगत सिंह धानुक, तितृय आयोजक टिम कर्णली प्रदेशका चुडामणी केसी र १ नम्बर प्रदेशका दिवस श्रेष्ठ रहेका छन् ।

खेलको ३ दिने तालिका रहेपनि भोलि साँझसम्म सम्पुर्ण बिधाको खेल सकिने अनुमान गरिएको छ ।

प्रतियोगीतामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगीतामा प्रथम हुनेलाई नगद ५५ हजार, दृतिय हुने खेलाडीलाई नगद ३५ हजार र तृतिया हुनेलाई नगद २५ हजार पुरुस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन सत्रमा विभिन्न झाँकी तथा साँस्कृतिक पहिचानहरु प्रस्तुत गरिएको थियो ।

सल्यान आएर सांसद टेक बहादुरले भने- “अब हामी नाच्ने मात्रै हैन, काम गरेर देखाउने हो”

सल्यान संघिय सभाका सांसद टेक बहादुर बस्नेतले पुर्व एमाले र माओवादी जस्तै पार्टी भएर अघि बढेमा जनताले दुख पाउने बताएका छन् ।

सल्यानको थारमारेमा आइतबारबाट भएको प्रथम राष्ट्रिय कराते प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले पुर्व एमाले र माओवादी जस्तो पार्टी नभएर अब नव गठित नेपाल कम्युनिस्ट पार्टी नयाँ ढंगबाट अगाडी बढ्ने बताएका छन् । उनले पहिलेकै ढंगले काम गरे जनताले दुख पाउने भन्दै अब नयाँ ढंगले काम गरे जनताको चाहना पुरा हुने र जनता सुखी हुने बताए ।

बस्नेतले आफुहरु ठुलो पार्टी भयो भनेर घमण्ड नगर्ने बताएका छन् । उनले भने “अब हामि ठुलो पार्टी भयो भनेर मख्ख पर्ने हैन् बरु बरु जनताको मन जित्ने हो, अब हामी नाच्ने मात्रै हैन काम काम गरेर देखाउने हो, खेतमा धान रोपे मात्रै फल्छ त्यसैले धान रोपेर फलाउने हो ।”

बस्नेतले श्रमजिवी वर्गको हक हितमा काम नगरे देश डामाडोल तिर जाने भन्दै श्रमजिवीको पक्षमा काम गर्ने बताएका छन् । उनले गाउँ गाउँमा साच्चिकै सिंहदरबार आएको भन्दै सिंह सबैको प्यारो हुनुपर्ने बताएका छन् । आफुले जनताको पक्षमा काम नगरेमा खबरदारी गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार