सल्यानमा भएको राष्ट्रिय स्तरको कराते प्रतियोगिता सम्पन्न, नतिजा यस्तो आयो ?


लेकाली अनलाइन
जेठ २९, सल्यान ।
सल्यानमा ३ दिनसम्म चलेको प्रथम राष्ट्रिय मेयर कप कराते प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लाको बागचौर नगरपालिका थारमारे मैदानमा भएको राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश ३ टिम च्याम्पियन बनेको छ । बागचौर नगरपालिकाको आयोजना भएको प्रथम मेयर कप राष्ट्रिय प्रतियोगिता जेष्ठ २७ गते देखि सुरु भएर आज २९ गते समापन भएको हो ।

प्रतियोगितामा ३ नम्बर प्रदेश ११ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन भएको छ । १ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित १ नम्बर प्रदेश दोस्रो टिम च्याम्पियन भएको छ ।

तेसैगरी १ स्वर्ण, २ रजत र ६ कास्य पदक सहित ५ नम्बर प्रदेश तेस्रो टिम च्याम्पियन भएको छ । २ प्रदेश नम्बरले १ रजत र २ कास्य पदक ल्याउन सफल भएको छ भने ४ नम्बर प्रदेशले २ रजत र १ कास्य पदक ल्याएको छ । आयोजक टिम कर्णाली प्रदेशले २ रजत र १० कास्य पदक जितेको छ साथै ७ नम्बर प्रदेशले १ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।

प्रथम मेयर कपमा नवीन रसाइली पुरुष तर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् । रसाइली साउथ एसियान गेममा लगातार ३ चोटि स्वर्ण पदक बिजेता हुन । पासाङ लामु शेर्पा उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।

राष्ट्रिय स्तरको कार्यक्रम बागचौर नगरपालिकाले सम्पन्न गरेकोमा नगरबासि साथै जिल्लाबासीले सामाजिक संजाल लगायत विभिन्न ठाउँ बाट नगरपालिकालाई बधाई साथै धन्यवाद ज्ञापन प्रकट गरेका छन् । यो प्रतियोगिता सल्यानको लागि गौरवको बिषय भएको पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यान बाट प्रतिनिधि सभामा निर्वाचित सांसद टेक बहादुर बस्नेतले बताएका छन् ।

अमेरिकामा रहदै आएका नेपालमा कराते खेल स्थापना गर्ने कराते गुरु टि एस राई बागचौर नगरपालिकाको निमन्त्रणामा अमेरिका देखि नेपाल आएका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते मङ्गलवार