• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानी गायक गोपाल परियारको “दर्शन पाइयो” सार्वजनिक (भिडियो सहित)


लेकाली अनलाइन
जेठ ३०, सल्यान ।
नेपाली लोकगित संगीतको बजारमा विभिन्न परिवेशमा आधारित लोक क्षेत्रभित्रका विभिन्न बिधाका गितहरु आईरहेका छन्।

लोकसंगीत भित्रको लोकप्रिय बिधा हो रोधी। रोधी गितले हाम्रो मौलिकतालाई टपक्कै टिपेर हाम्रो संस्कार र संस्कृतीलाई जोगाउन मुख्य भुमिका खेलेको हुन्छ। रत यहि कुरालाई आत्मसाथ गरेर आफ्नो मौलिकतालाई जोगाउन सल्यानी गायक गोपाल परियार सधैं लागिरहेका छन्।

करिब आधा दर्जन भन्दा बढी गोपाल परियार द्वारा गायिएका गितहरु सबै मौलिकतालाई बचाउने खालका छन्। रत उनी गाउँ घर समाज आफन्ती लगायत सबैको प्रीय गायक हुन्। तिनै प्रीय सल्यानी गायक गोपाल परियारले सल्यानको सिंगारु मौलिक गितको अपार सफल्तापछि यतिबेला दर्शन पाइयो भन्ने रोधी गित बजारमा ल्याएका छन्।

गोपाल परियार र शान्ती श्री परियारको आवाजमा रहेको उक्त गितमा लय शब्द भद्र नकालले गर्देका छन्। हेमन्त शिशिरको एरेन्जमा भएको उक्त गितको अडियो मिक्सिङ कुमार सानू पुन मगरले गरेका छन्। तेस्तै उक्त गित दर्शन पाइयोमा भिडियो निर्देशन मान्सिङ खड्काले गरेका छन् भने नृत्य अभिनय राजेश घर्ती र शरिस्मा मगरले गरेका छन्। सागर गौतमले छायांकन गरेको उक्त गितको म्युजिक भिडियो सम्पादक रमीत ओलिले गरेका छन्।

गित बुढा म्युजिक प्रालीबाट बजार आएको छ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते बुधवार