• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा अहिले सम्म ४५ वडा पूर्ण खोप सुनिश्चीत क्षेत्र घोषणा


शंकर के सी,
सल्यान, २९ जेठ ।
सल्यानमा ४५ वटा वडाहरु पूर्ण खोप सुनिश्चीत वडाको रुपमा घोषणा भएका छन् । जिल्लाको शारदा नगरपालिकाका सबै वडाहरु तथा दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकाका पनि सबै वडाहरुलाइ पूर्ण खोप सुनिश्चीत वडा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारि दिएको छ ।

मंगलबार कपुरकोट गाउँपालिकाको वडा नम्बर ५ लाइ खोप सुनिश्चीत वडा घोषणा गरिएसंगै सल्यानमा घोषणा हुने वडाहरुको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत दशरथ कुमार श्रेष्ठल जानकारि दिएका छन् । अव अन्य वडाहरुलाइ पनि घोषणाको तयारि भइरहेको तथा सबै वडाहरु घोषणा भइसकेका स्थानीय तहलाइ नै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्न सम्बन्धीत स्थानीय तहहरु लागीरहेको उनले बताए ।

कपुरकोटका पनि सबै वडा घोषणा
यसैविच मंगलबार एक कार्यक्रमका विच कपुरकोट ५ लाइ पूर्ण खोप सुनिश्चीत वडा घोषणा गरिएको छ । सोमबार वडा नम्बर ६ लाइ घोषणा गरिएको थियो । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा नम्बर ५ रीमलाइ पूर्ण खोप सुनिश्चीत वडा घोषणा गर्दै बालबालिकालाई संक्रामक रोग लाग्नबाट बचाउन अनिवार्य खोप लगाउनुपर्ने र हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताए । रीममा हाल रहेका १२ देखि २३ महिना उमेर समूहका ३२ जना बालबालिकाले एक वर्षभित्र लगाउनुपर्ने सबै खोपको मात्रा पूरा गरेकाले पूर्ण खोप घोषणा गरिएको हो ।

कार्यक्रममा अध्यक्ष सेनले गाउँपालिकावासिमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पुर्याउन स्थानीय सरकार प्रतिवद्ध भएर लागेको बताए । उनले भने, ‘यहाँका हरेक नागरिक स्वास्थ्य सेवाबाट वञ्चीत हुन नपरोस भनेर स्वास्थ्य संस्था नभएका वडाहरुमा स्वास्थ्य चौकी व्यवस्था गर्न म लागीपरेको छु र गाउँपालिकाभित्रै ल्याव सेवा दिने गरि काम अगाडी बढाइरहेको छु ।’ सेनले आफ्नो गाउँपालिकालाइ पुर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणाका लागी पनि अभियान चलिरहेको जानकारि दिए ।

कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष याम कुमार वस्नेत, गाउँपालिकाका निमित्त प्रमुख प्रशसकिय अधिकृत जीवराज खत्री, जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत दशरथ श्रेष्ठ, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालि प्रदेशका पार्सद खड्क केसी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण दाहाल, जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्य, मानव अधिकार प्रतिष्ठान सल्यानका सभापती प्रकाश भण्डारी, वन महासंघ सल्यानका उपाध्यक्ष टिकाराम केसी, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी लगाएतकाले खोप र खोप कार्डको महत्वका बारे चर्चा गरेका थिए ।

घोषणा कार्यक्रममा सहभागी स्थानीयवासीले आगामी दिनमा जन्मने बालबालिकालाई पनि अनिवार्य खोप लगाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्यकर्मी देवेन्द्र सेनले सहजीकरण गरेको कार्यक्रममा पूर्ण खोपयुक्त वडा घोषणामा योगदान पुर्याउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते बुधवार