मिना बुढाथोकी
जेठ ३०, सल्यान ।
शान्ती सुरक्षाको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको सल्यानको प्रहरीले अहिले विभिन्न प्रशंसनिय काम गर्दै आएको छ । जिल्लामा मदिरा तथा मदिरा जन्य पदार्थ नियन्त्रण अभियान थालेको प्रहरीले अहिले संकास्पद रुपमा चली रहेका मोटरसाईकल समेत कब्जामा लिन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले संकास्पद रहेका मोटर साईकल नियन्त्रणमा लिएको जनाएको छ । अहिले प्रहरी कार्यालय परिसरमा १२ वटा मोटर साईकल रहेका छन् । जस्मा केही चोरीका मोटर साईकल रहेको र केही कागजपत्र नपुगेका रहेको प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले बताए ।
मोटर साईकल नियन्त्रणमा लिएदेखी केहीले प्रमाण पुर्याउर फिर्ता लगेको र कागजात नपुगेका मोटर साईकल भने प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएर कार्यालयमा थन्काएको उनले बताए । विगत एक वर्ष यता १२ वटा मोटर साईकल प्रहरी कार्यालय परिसरमा रहेको प्रहरीले जनायो । यस्तै ईलाका प्रहरी कार्यालय लुहाम, कालीमाटी, श्रीनगरमा पनि यस्ता मोटर साईकलहरु बरामद गरिएको जनाईएको छ ।
जिल्लामा यसरी अवैधानिक रुपमा प्रहरीको आँखा छली गरेर मोटर साईकल चलाउन खोज्ने व्यक्तीको बारेमा गोप्य जानकारी पाए घरबाटनै यस्ता सवारी साधन जफत गर्ने प्रहरी प्रमुख डिएसपि विकले बताए । उनले भने ,‘कतिपय व्यक्तीका कागजात नविकरण नभएको मोटर साईकल एक व्यक्ती बाट अर्को व्यक्ती र अर्को बाट अर्कै व्यक्तीले खरीद विक्रि गर्ने हुँदा नविकरण तिर ध्यान नदिने गरेको र नविकरण फेल हुंदै जान्दा यस्तो समस्या आएको हो ।’
जिल्लामा छिटपुट रुपमा चोरीको मोटरसाईकल चलाई रहेको विशेष सुराकीको आधारमा मोटर साईकल नियन्त्रणमा लिएको उनले बताए । यस्ता मोटर साईकल लाई सस्तो मुल्यमा १५ देखी २० हजार मुल्यमा खरीद विक्री गर्ने गरेको पाईएको उनले बताए । उनले भने आगामी दिनमा यस्तो घटनाको बारे जानकारी आएमा कारवाहीको प्रक्रिया अपनाईने छ ।
यता ट्राफिक प्रहरी कार्यालय सल्यानले पनि तिन वटा चोरीका मोटर साईकल भन्सार कार्यालयमा पठाउने तैयारी गरेको जनाएको छ । ट्राफिक कार्यालय श्रीनगरका ईन्चार्ज गोपाल शर्माले मोटर साईकल नियन्त्रणमा लिए यता आफुहरुले यातायात कार्यालयमा मोटर साईकलको नम्बर सहित जानकारी पत्र पठाएको र यातायात बाट प्राप्त पत्र अनुसार तिन वटा मोटर साईकल चोरीको ठहर भएपछि भंसार पठाउन लागिएको उनले बताए ।