• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा विद्यालयको उद्घाटन गर्दै सांसद बस्नेतले भने- “जनतालाई गाउमै सिहंदरबारको अनुभुती दिलाउनु पर्छ”


जेठ ३१,  सल्यान ।

नेकपाका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले स्थानीय सरकारले जनतालाई सेवा सुबिधा सहितको सिहंदरबारको अनुभुती दिलाउनु पर्ने बताएका छन ।

बुधबार श्री बालकन्या माध्यमिक बिधालय बागचौर नगरपालिका वडा न ७ को प्रथम अभिभावक दिवस तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघिय प्रतिनिधि सभा सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले जतनाको त्याग, तपस्या र बलिदान बाट निर्माण भएको संघियताले केन्द्रमा रहेको सिमित सिहंदरवार लाई स्थानीय तहमा पुर्याोएको र उक्त सिहंदरवारको सेवा सुबिधालाई सहज तरिकाले जनता सम्म प्रवाह गर्न सके संघियताको उपलब्धि हुने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आगामी आर्थिक बर्ष बाट स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारको तालमेल बनाएर अगाडि बढ्ने र सरकार बाट स्थानिय तहमा आएको विकासे बजेटलाई प्रादर्शी तरिकाले बिकासमा बिनियोजन गर्ने र प्रयोगमा ल्याउने बताएका छन ।
कार्यक्रममा बोल्दै बस्नेतले पछिल्लो समयमा विद्यालयहरुमा शैक्षिक सुधारका गतिविधिहरु बढाउदै गर्दा बाल बिवहाको प्रचलन बढ्दै गएकाले यसको अन्त्य गर्न स्थानीय सरकार र बिधालयहरु सक्रियताका साथ लाग्नु पर्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथी बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले प्रथम अभिभावक दिवस तथा सम्मान कार्यक्रम ऐतिहासिक भएको बताए ।     आफ्नो विद्यालयको उपलब्धि लाई परिणाम मुखी कार्यक्रम बनाएकोमा जिल्ला बासिमा नयाँ पद्धतिको एक इट्टा थपिएको उनको भनाई थियो ।

२०५२ साल यता शिक्षक सेवा आयोग र लोक सेवा आयोगबाट नाम निकाल्न सफल भै रास्ट्रसेवक बनेका सबैलाई बधाई ज्ञापन गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोभाराम भण्डारीको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा हाल सम्म बालकन्या माध्यमिक बिधालय बाट सरकारी सेवामा प्रवेश गरेका ६१ जना विद्यार्थीहरुलाई टिका, फुलमाला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, शिक्षक, बुद्धिजिबि, नागरिक समाजका प्रतिनिधि र जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगितात्म कार्यक्रम र नयाँ पुराना नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार