करेश्मा गिरि
जेठ ३१, सल्यान ।
शिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरका २७ बर्षिय गणेश चलाउनेले जग्गा भाडामा लिएर तरकारी खेती व्यवसाय सुरु गरेका छन् । गणेश चलाउनेले अहिले ८ रोपनी जग्गामा बार्षिक ७५ हजार भाडा तिरेर तरकारी खेती शुरु गरेका हुन् । यस अघि पैसा कमाउनको लागी विदेशमा गएका उनि भनेजस्तो काम र पैसा नभएपपिछ स्वदेश फर्किएर तरकारी खेती व्यवसाय तिर लागेको उनले बताए ।
विदेश बाट फर्किए पछि करिब २ लखाको लगानी बाट तरकारी खेती सुरु गरेको उनले बताए । उनले भने- ‘पहिले म विदेशमा गएको थिए विदेशमा राम्रो कमाइ भएन देशमै केहि गर्ने उद्देश्यले घर फर्के र खेती व्यवसाय तिर लागे।’ उनले अहिले ६ रोपनी जग्गमा हेम्सना नामको टमाटर को खेती गरेका छन् भने २ रोपनी जग्गामा बन्दागोभी,भेन्टा,भेडे खुर्सानी, काँक्रा,खुर्सानी र बोडीको खेती गरेका छन् ।
आफ्नो जग्गामा पानीको सुविधा नभएको बताउदै उनले जग्गा भाडामा लिएर खेती शुरु गरेको बताए । “यहाँ पानी शारदा नदी बाटै आउने गर्दछ, त्यसैले खतीका लागी उपयुक्त स्थान भनेर छानेका हौं । हामी परिवारका ३ जना सदस्यले दैनिक काम गरि रहेका छौँ र ४ जना लाई पनि रोजगारी दिएका छौ”- चलाउनेले भने- “हाम्रोमा १० जनाको परिवार छ, सबैका आ–आफ्नै पेसा व्यबसाय छ , पेसा व्यबसाय नभएका हामी तीन भाई थियौ हामीले पनि आफ्नो पेसा व्यबसाय सुरु गरी सकेका छौ ।”
सरकारले कृषीलाई त्यति प्राथामीकता दिए पनि देशमा उत्पादन भएको तरकारीले बजार भाउ पाउन नसकेका कारण कृषि पेसा तर्फ भने जत्तिको आम्दानी गर्न नसकिएको उनले दुखेसो पोखे । यता जिल्ला कृषि विकास कार्यालय सल्यानले चलाउनेले लाई प्लाष्टिक टनेल सहयोग गर्ने बताएको छ ।