लेकाली अनलाइन
जेठ ३१, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका ४ त्रिवेणी नजिकै आज दिउँसो भएको दुर्घटनामा १ जनाको मृत्यु सँगै ४ जना घाईते भएका छन् ।
भेरी नदिबाट बालुवा लिएर बढागाउँ जाँदै गरेको रा १ च ७४८ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतक र घाइतेको नाम नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संकेतिक फोटो फाइल