सल्यानमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते, (नामावली सहित)


नविन रावत
जेठ ३१, सल्यान ।
सल्यानमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिका ४ त्रिवेणी नजिकै आज दिउँसो भएको दुर्घटनामा १ जनाको मृत्यु सँगै ४ जना घाईते भएका हुन । मृत्यु हुनेमा कुमाख गाउँपालिका ७ चिसापानीका ६८ वर्षीय वल बिर मिजार हरेको प्रहरीले बताएको छ । घाइतेहरुमा कुमाख ६ च्याउखोलाका तारा विसी, विर्याे बुढाथोकी, जिमालीका धन बहादुर विक र प्रेम विसी रहेका छन् ।

भेरी नदिबाट बालुवा लिएर बढागाउँ जाँदै गरेको रा १ च ७४८ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रागेचौका असई डिल्लीराज आर्चले बताए । ट्याक्टर चालक रोल्पा होलेरीका हेमन्त विक र सहचालक सल्यान थारमारेका छविलाल कामी फरार रहेको प्रहरीले बताएको छ । संकेतिक फोटो फाइल

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार