हेल्पिङ्ग ह्यान्डसले सल्यानमा गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्याे


लेकाली अनलाइन
असार १, सल्यान ।
सल्यानमा असाय, अनाथ तथा अति बिपिन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको हेल्पिङ्ग ह्यान्डस सल्यानले दोस्रो चरन अनुसारा शुक्रबार छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरमा रहेको त्रिज माविमा ५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो । यस अघि हेल्पिङ्ग ह्यान्डसले हिवल्चामा पनि शैक्षिक सामाग्री वितरण गरेको थियो ।

भोटेचौरमा सामाग्री वितरण त्रिज माविका प्रधानध्यापक चन्द्र बहादुर पुन अभियान्ता दिपक कुमार बोहरा र समीर बोहराले गरेका हुन् ।

शैक्षिक सामाग्री पाउनेहरुमा कक्षा १० का बिनोद राना, कक्षा ९ की जानकी चलाउने, कक्ष ८ की सरिता विक, कक्षा ७ की मनिशा श्रेष्ठ, कक्षा ६ का लक्ष्मन बपाल रहेका छन् । अहिलेसम्म २ ओटा विद्यालयमा असाय, अनाथ तथा अति बिपिन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हेल्पिङ्ग ह्यान्डसले अब सल्यानका बाँकी ३ विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार १ गते शुक्रवार