असार २, सल्यान ।
सल्लीबजारको बन्गाड खोलामा बन्दै गरेको पुलका कारण जेठ २८ गते राती सल्लीबजारको गैरिबजार डुवानमा पर्यो । बर्षा सूरू भएपछि खोला नै थुनिनेगरि सेटिङको सामान जडान गरेकाले खोला नै थुनियो । अनि पुरै बाढि खोला छेउको बजार पस्यो ।
रातको समयमा खोला थुनिदा पुरै बजार जलमग्न भयो । सानासाना छाप्रा बनाई व्यवसाय गरिरहेका व्यवसायीका सामान केही छाप्रा भेलले बगायो । समयमा नै सचेत भएर सबै पक्की घरको छतमा बस्न गएकाले मानविय क्षति भएन तर व्यवसायीको सामान तथा घरमा क्षति पुग्यो । ५ मिनेट बन्दै गरेको सेटिङ पुल नभत्किएको भए त्यो रात ठुलो मानविय क्षति हुनेथियो ।
नगरपालिकाले क्षतिको विवरण संकलन गरेर तत्कालै राहात वितरण गर्यो । राहात वितरणमा रेडक्रस, उद्योग बाणिज्य संघ पनि क्रियाशिल बने । शुक्रबार फेरि बाढि आएमा बजार डुवान हुने र क्षति हुने भएकाले नाली काटेर खोलामा पुराउनुपर्ने माग राख्दै हामी त्यहाँ पुग्दा स्थानियले बाटो नै बन्द गरे ।
वडा नं १ का अध्यक्ष शान्त बहादुर यरीसंग स्थानियको नाली बनाउने सहमती पछि बाटो खुलेको छ ।
भिडियाे
अर्काे