• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

अाइतबार देशभरी शैक्षिक हड्ताल, सल्यानमा पनि हड्ताललाई सफल पार्न क्रान्तीकारीको अपिल


लेकाली अनलाइन
जेठ २, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल (क्रान्तीकारी) द्वारा आइतबार असार ३ गते देशभरी शैक्षिक हड्तालको घोषणा गरिएको छ ।

संगठनका केन्दिय कोषाध्यक्ष नरेन्द्र बि.क. लगाएत देशभर बाट विद्यार्थी नेताहरु पक्राउ गरिएको भन्दै शैक्षिक हड्ताल गरिने क्रान्तीकारीले जनाएको छ । सल्यानमा पनि केन्द्रकै कार्यक्रम अनुसार शैक्षिक हड्ताल गरिने अखिल (क्रान्तीकारी) सल्यानले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

त्यस्तै पेट्रोलियम पदाथ लगाएत दैनिक उपभोग्य सामानमा भयको मुल्य वृद्धि को विरूद्ध पनि शैक्षिक हड्ताल गरिएको संगठनका जिलला अध्यक्ष टंक प्रकाश केसीले जनाएका छन् । भोली असार ३ गतेको शैक्षिक हडताललाई सफल पार्न उनले सबैलाई अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५ असार २ गते शनिवार