• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

योजना तथा बजेट तर्जुमा सम्बन्धि बागचाैरका जनप्रतिनिधिहरुलार्इ तालिम


असार २, सल्यान ।

स्थानीय सरकार संचालन, योजना तथा बजेट तर्जुमा कार्यन्वयन एवं अन्तर सम्बन्धि दुइदिने सहजीकरण तालीमको सनिबार बागचौरमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय सल्यानको आयोजनामा भएको उक्त तालिममा आउदो आर्थिक वर्ष २०७५/0७६ को बजेट तथा योजना तर्जुमा गर्दा स्थानिय श्रोत साधनकको प्रयोग गरि छिटो प्रतिफल दिने र दिर्घकालिन प्रतिफल दिने सम्भावित योजनाहरुको छनोटलाइ मध्यनजर गर्दै प्रशिक्षण दिइने बताएको छ ।

उक्त तालिमले आर्थिक ऎन तथा निति नियमलार्इ पालना गर्दे नगरका कार्यक्रमहरु अगाडि बढाउनेमा पनि थप हौसला दिने बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताए । जिल्ला समन्वय समिति सल्यानका सभापति केश बहादुर बिष्टको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेको प्रमुख आतिथ्यमा संचालन भएको तालिमको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका उप-सभापति हरि प्रकाश बुढाथोकि, बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, उप-प्रमुख कल्पना पुन, जिल्ला समन्वय समितिका सदस्य पोखर बहादुर के.सी र यज्ञ बहादुर चन्द रहेका थिए ।

दुइदिने तालिमको पहिलो दिनमा प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे, जिल्ला समन्वय समिति अधिकारी खिम बहादुर रायमाझी र बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले सहजीकरण गरेका थिए ।

आइतबार सम्म संचालन गरिने उक्त तालीममा बागचौर नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु सहभागी रहेका छन् भने कार्यक्रमको संचालन बागचौर नगरपालिकका कार्यक्रम अधिकृत पुर्ण बहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असार २ गते शनिवार