• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानबाट रुकुम जोड्ने सडकमा भरपर्दो डाइभर्सन नगर्दा निमार्णधिन पुल बग्ने खतरा


दुर्गा वि.सी.
असार २, सल्यान ।
सल्यानको सल्लीबजार देखि रुकुमको चौहरजारी सडक खण्डको नाथेखोला त्रिवेणी बजारमा निमार्णधिन पुलको काम समयमा सम्पन्न नहुदाँ आवत जावतमा कठिनाई भएको छ ।

पुलको काम समयमा नभएर वर्षा लागे पछि सुरु गर्दा खोला थुनिएको छ । निमार्णधिन पुलको सेटिङको सम्पुर्ण काम सम्पन भई ढलान गर्न मात्रै बाँकी रहेको छ । वर्षातमा पुलको सेटिङले गर्दा खोला थुनिदाँ आवत जावतमा निक्कै समस्या भएको स्थानीय डिल्ली रानाले वताए ।
समयमा काम सुरु नगरि वर्षातमा पुलको काम थालनी गर्दा खोलाले सेटिङको सम्पुर्ण तयारी पुरा भएको पुल समेत वगाउने खतरा वढेको छ ।

त्यसैगरी छिन्चु जाजरकोट सडक खण्डको सल्लीवजारको बन्गाड खोलामा निमार्णधिन पक्की पुलको सेटिङका सम्पुर्ण तयारी पुरा भई ढलान गर्ने अन्तीम तयारीमा रहेको पुल वगाएको छ । उक्त पुलको पनि डाइभर्सन नगरि खोला थुनिएको थियो । पुलकै कारण खोला थुनिदाँ सल्ली गैलीवजारका स्थानीय वासिहरु घरन घाट भएका छन् ।

अर्को तर्फ सल्ली चौहरजारी सडक खण्डको बन्गाड खोलामा निमार्णधिन पुलको कामको खासै ताकेता नहुदाँ उक्त पुल समेत धरापमा रहेको छ । कामको जिम्मा लगेका ठेकेदार हरि वहादुर रावत पुलको काममा तदारुकता नदेखाई अन्य क्षेत्रमा अरु काममा व्यस्त रहेको स्थानीयको आरोप छ । २०७४ पौष मसान्त भित्र पुलको काम सम्पन्न हुनुपर्ने हो ।

निमार्ण कम्पनीले पुल खोलाबाट वचाउनको लागि भरपर्दो ड्राईेभ्रसन निमार्ण गर्नु पर्ने हो तर उल्टै खोलामा ड्याम बाँधिएर खोला थुनिएको छ । निमार्ण कम्पनीको हेलचक््रयार्इँका कारण पुन अर्को पुल खोलाले वगाउने पक्का देखिन्छ । रातदिन ताकेता गरेर समयमा काम सकाउनको सट्टा निमार्णको जिम्मा पाएका व्यक्तीहरु समेत यतिवेला पुल खोलाले वगाउस भनेर नै व्यवास्था गरेका छन् ।

त्यसैगरी सल्ली चौहरजारी सडक खण्डको पुल देखि अन्य सडक स्तरि उन्नतीको काम ठेकेदारहरुले ठाउँ ठाउँमा काम सम्पन्न नगराई अलपत्र पारेका छन् । समयमा काम नगरि लापरवाहि गर्ने निमार्ण कम्पनिलाई सम्बन्धीत निकायहरुले वास्था गरेका छैन्न ।

प्रकाशित मिति : २०७५ असार २ गते शनिवार