• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा कुकुरलाई बन्ध्याकरण गरियाे, रेविज विरुद्धको भ्याक्सीन पनि दिइयो


लेकाली अनलाइन
असार ४, सल्यान ।
सल्यानमा कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सुरु भएको छ ।

शारदा नगरपालिकाको आयोजनामा खलंगाको टुडिखेलमा सोमबार देखि कुकुर बन्ध्याकरण भएको हो भने शनिबार र आइतबार रेविज विरुद्धको भ्याक्सीन दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
नगरभित्र रहेका घरमा पालेका र घरबाहिर रहेका कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सीन दिइएको र बन्ध्याकरण गरिएको हो । शनिबार र आइतबार मात्रै नगरभित्रका ५० ओटा भन्दा धेरै कुकुरलाई रेविज विरुद्धको भ्याक्सीन दिइएको शानपाले जनाएको छ ।

आज सोमबार ३३ ओटा कुकुरको बन्ध्याकरण गरिएको छ भने ४२ ओटालाई रेविज विरुद्धको भ्याक्सीन दिइएको छ ।

शनिबार र आइतबार रेविज विरुद्धको भ्याक्सीन लगाइएका हो भने सोमबारबाट सुरु भएको कुकुर बन्ध्याकरण ६ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २०७५ असार ४ गते सोमवार