सल्यानमा विप्लव निकटकाे विद्यार्थी संगठन विस्तार, एउटै विद्यालयमा २३४ जनाकाे समिती


लेकाली अनलाइन 
असार ५, सल्यान ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी सल्यानले  अाफ्नाे संगठन विस्तारलार्इ तिव्र रुपमा अगाडी बढाएकाे जनाएकाे छ ।

बैज्ञानिक शिक्षा प्राप्तीका लागि संगठन विस्तार तथा सुदृढ अभियान अन्तर्गत याे हप्ता मात्रै साे संगठनले सल्यान जिल्लाका ५ अाेटा विद्यालयहरुमा संगठन विस्तार गरेकाे छ । जसअनुसार ५ अाेटा विद्यालयबाट ४८९ भन्दा धेरै संगठनमा सदस्य बनाएकाे अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले बताए ।

Image may contain: 1 person

क्रान्तिकारीले सबैभन्दा धेरै बागचाैर नगरपालिकाकाे पेदिखाेलामा रहेकाे सरस्वती माविमा २ सय ३४ जना मुल एकाइ कमिटी सदस्य बनाएकाे छ । जसमा कक्षा ९ काे अध्यक्षमा जिवन बस्नेत रहेका छन् भने कक्षा १० काे अध्यक्ष रवि किरण करला रहेका छन् ।

त्यसैगरी बागचाैर नगरपालिका २ थारमारेमा रहेकाे जनकल्याण नमुना माविमा  रेसम सुनारको अध्यक्षतामा १०९  जना हाेल कमिटी गठन  गरेकाे संगठनका सहसचिब मदन केसी बैज्ञानिकले बताएका छन् । त्यस्तै माध्यमिक विद्यालय गुरुदासेमा अमर राणा काे अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेकाे उनले बताए ।

उता बढागाउँकाे मेलटाकुरामा रहेकाे बुद्ध जनकल्यान माविमा ५७ सदस्ययी र बागचाैर नगरपालिका २ बनेचाैरमा माध्यामीक विद्ययालय ५६  सदस्ययी कमिटी विस्तार गरिएकाे संगठनका अध्यक्ष ट‌क प्रकाश केसीले बताए । याे अभियान अझै जारी रहने उनकाे भनार्इ छ ।

प्रकाशित मिति : २०७५ असार ५ गते मङ्गलवार