• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ


असार ६, सल्यान ।

छोरी बलात्कार गरेको अभियोगमा सल्यानमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर ५ निवासी ३३ वर्षीय एक पुरुषले अाफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । जेठ २० गते राती आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए ।

आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार ६ गते बुधवार