• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

राेजगारकाे लागी नुवाकाेट पुगेका सल्यानका २ युवाकाे नदिमा डुबेर मृत्यु, एक घाइते


लेकाली अनलाइन
असार ७, सल्यान ।

राेजगारकाे लागि नुवाकाेट पुगेका सल्यानका दुर्इ युवाकाे नदीमा डुबेर मृत्यु भएको छ ।

सल्यान छत्रेश्वरी गाउँपालिका २ बुराँसेका २४ वर्षीय डिल्ली विक र साेही वडा साउनेपानी निवासी २० वर्षीय दोर्ण बिककाे मृत्यु भएकाे हाे । नुवाकाेटकाे तादी गाउँपालिका-४ सातबिसेमा नदीमा नुहाउने क्रममा उनिहरुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।

उनिहरुसँगै नुहाउन गएका अर्का एकजना घाइते समेत भएकाे प्रहरीले बताएकाे छ । घाइते हुनेमा बुराँसेकै २४ वर्षीय तिलकबहादुर विकको रहेका छन् । उनकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटका डीएसपी नरहरि रेग्मीले बताए ।

बुधबार दिउँसो साढे एक बजे उनीहरुलाई डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनीहरु तादी गाउँपालिका ४ सुन्दरा माविको विद्यालय भवन बनाउने काममा सल्यान देखि नुवाकाेट पुगेका थिए । घटनास्थल सदरमुकाम विदुरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार